स्वावलम्बनका लागि उद्यमशीलताः उपप्रमुख मिश्र

लोकेश धामी

धनगढी, मंसिर ९ । कैलालीको धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकि छन् ।

गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्रको धनगढीमा उद्घाटन गर्दै मिश्रले सो कुरा बताए । एक समारोहकाबीच शाखाको उद्घाटन गर्दै उपप्रमुख मिश्रले स्वरोजगारमुलक व्यवसायले व्यक्तित्व विकासका साथै स्वावलम्बन बन्न सघाउने भन्दै सो कार्यको प्रशंसा गरिन् । उनले बेरोजगारीका कारण युवाहरु विदेशीन बाध्य भएको भन्दै स्वरोजगारमुलक व्यवसायीलाई हौसला दिन सके समस्या समाधानमा सघाउ पुग्ने समेत बताइन् ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डेले पनि गुणस्तीय जीवन र स्वावलम्बनका लागि पनि स्वरोजगारमुलक व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । तालिम केन्द्र विगत ६ वर्षदेखि कैलालीको अत्तरियाबाट सेवा दिँदै आएको थियो ।

करिब ८ लाखको लागतमा सि.एल. मार्ट धनगढीमा तालिम केन्द्रले सेवा सुरु गरेको सञ्चालक गीता सुनारले जानकारी दिए । उनले स्वस्थ, जागरुक र सुन्दर जीवनका लागि हरेक मानिसले ध्यान दिनुपर्ने र आत्मनिर्भर व्यवसायीको सम्मानको लागि राज्यले पनि सहयोग एवं हौसला दिनुपर्ने बताए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: