भोजपुर जिल्लामा भोलि हुने पहिलो चरणको निर्वाचनको तयारी पूरा

भोजपुर, मंसिर ९ । भोजपुर जिल्लामा पहिलो चरणमा निर्वाचन हुने निर्वाचनको तयारी पूरा भएको छ । भोलि हुने निर्वाचनका लागि सवै मतदानस्थलमा कर्मचारी तथा मतपत्र पुर्याइसकेको तथा स्वयंसेवक समेत परिचालन भइसकेको मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।

१ लाख १३ हजार ८ सय ९१ मतदाता रहेको भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८७ मतदान स्थल तथा १४८ मतदान केन्द्र रहेको भोजपुरका मुख्य निर्वाचन अधिकृत हरिचन्द्र इङनामले जानकारी दिनुभयो । उहाँले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको तथा मतदानपछि ११ गते सम्ममा सबै केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुग्ने जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  प्रकाण्डलाई रिहा गर्न अदालतको चौथो आदेश, फेरि पक्राउ गरी दाङ लगिदै

सुरक्षाको हिसावले संवेलदनशील मानिएको भोजपुरमा निर्वाचानकोलागि सुरक्षा व्यवस्था कडा पारिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताउनुभयो । उहाँले १२ स्थानमा शसस्त्र प्रहरी तथा नेपाली सेनाको क्याप खडा गरिएको तथा नियमित गस्ती समेत भइरहेको तथा नेपाल प्रहरी र म्यादी समेत परिचालन गरिएको वताउनुभयो । निर्वाचन नजिकदै गर्दा केही घटना भए पनि अव भने भोजपुर सुरक्षित भएको भन्दै उहाँले निर्धक्क भएर मत हाल्न मतदाताआई आग्रह समेत गर्नुभयो ।

याे पनि पढ्नुस  भोजपुरमा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीबीच पार्टी एकता

नेपाल प्रहरी तथा म्यादी प्रहरी मतदान स्थल पुगिसकेको र मतदान स्थल तथा केन्द्रको सुरक्षा व्यवस्थित बनाइएको जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाको लागि ६ सय ५६ नेपाल प्रहरी र ६ सय ६५ म्यादी प्रहरी परिचालन गरिएको वताउदै उहाँले शसस्त्र प्रहरी तथा नेपाली सेनाको समेत सहयोग रहने जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  आगलागी हुँदा साढे चार लाख धनजनको क्षति

०७० सालको निर्वाचनमा ९० हजार ९ सय ४३ मतदाता रहेको भोजपुरमा ४ बर्षपछि भएको स्थानीय तह निर्वाचनसम्म आइपुग्दा यो संख्या बढेर १ लाख ५ हजार ५ सय ४७ पुगेको थियो भने अहिले १ लाख १३ हजार ८ सय ९१ ले मतदाताले भाग लिदैछन् । जसमध्ये ५५ हजार ५ सय २९ जना महिला र ५८ हजार ३ सय ६२ जना पुरुष मतदाता छन् ।

 

कमेन्ट गर्नुहोस्