साम्राज्ञीको अर्काे चलचित्र ‘तिमीसँग’ को रिलिज हुने मिति फाइनल

काठमाडौँ, मंसिर ९ । पटक पटक रिलिजको मिति सर्दै आएको चलचित्र ‘तिमीसँग’को रिलिज डेट फाइनल भएको छ। सुन्दरी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेका कारण पनि यसलाई विशेष रुपमा हेरिएको छ।

यसअघि पटक पटक चलचित्रको रिलिज डेट तय हुँदै सर्दै आएको भए पनि चलचित्र तिमिसँग आगामी चैत २२ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको हो।

त्रिकोणत्मक प्रेम कथामा आधारित चलचित्र तिमीसँगको निर्माण तथा निर्देशन शिशिर राणाले गरेका छन्। निर्माता तथा निर्देशक राणाले चलचित्रको रिलिज डेट फाइनल भए सँगै सम्पूर्ण युनिट प्रचारप्रसारमा जुटने बताए।

चलचित्रमा साम्राज्ञसिँगै आकाश श्रेष्ठ र नजिर हुसेन प्रमुख भूमिकामा देखिँदैछन्। नायिका साम्राज्ञी भने यतिबेला ‘ए मेरो हजुर २’ दुई लिएर अस्ट्रेलिया पुगेकी छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: