Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अष्ट्रेलियाको अध्यागमन नीतिलार्इ अझै कडा गरिँदै

काठमाडौं, मंसिर ९ । अष्ट्रेलिया सरकारले नक्कली कागजात पेश गरी अस्थायी भिषामा पुग्ने विदेशीलाई लक्षित गर्दै अध्यागमन नीतिलाई कडा रुपमा परिमार्जन गरेको छ ।

परिमार्जित नयाँ नियममा १० बर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्द गरेर फिर्ता पठाउने सम्मका प्रावधान थपिएको छ । नक्कली कागजपत्र बनाएर अष्ट्रेलियाको भिषा लिएको पाइएमा सो व्यक्तिलाई १० बर्षसम्म प्रवेशमा रोक लगाइने भएको छ ।

जसमा भिषा आवेदन गर्दा समावेश गरिएका परिवारका सदस्यहरुलाई पनि १० बर्षसम्मै प्रवेशमा रोक लगाईने छ । यही महिनाको १८ तारिखदेखि सो नियम लागु हुने छ ।

यसअघि ३ बर्षसम्म मात्र प्रतिबन्ध लगाइने उल्लेख थियो । यसैगरी, समाजिक सञ्जाल तथा अनलाईनहरुमा सामाजिक द्वेष फैलाउने प्रकृतिका सन्देशहरु प्रवाह गरेको पाइए त्यस्ता ब्यक्तिको पनि भिषा रद्द गरि स्वेदश फिर्ता पठाइने भएको छ। यदि कसैलाई नोक्सानी पुर्याउने, धम्की दिने किसिमको सन्देश पाएको प्रमाणित भएमा अष्ट्रेलियाका अध्यागमन मन्त्रीले भिषा रद्द गर्न सक्ने छन् ।

सरकारी तथ्यांक अनुसार सन जुलाई २०१६ देखि अप्रिल २०१७ सम्मको ९ महिनाको अवधिमा ४७ हजार भिषालाई रद्द गरिएको छ । यसपहिले यि नियमहरु केही अस्थायी भिषालाई मात्र लागु हुने उल्लेख भएकोमा अहिले प्राय सबै अस्थायी भिषा आवेदक र भिषावाहकलाई लागु हुने समेत जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: