पुत्रवियोगपछि अध्यक्ष प्रचण्डको चुनावी घरदैलो (फोटो फिचर)

भरतपुर, मंसिर ९। आफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालको निधनको वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि आफ्नो चुनावी अभियान सुचारु गरेका छन ।

शनिबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवं चितवनको प्रतिष्ठित बखान सहकारीका अध्यक्ष मोहनसिंह लामा लगायत डेढ सय कार्यकर्तालाई पार्टी प्रवेश गराए । शनिबार बिहान नै अध्यक्ष प्रचण्डले भरतपुर–२६ को ज्योतिनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

याे पनि पढ्नुस  नक्कली बम आतंक, ४६ पक्राउ

 

ज्योतिनगरको सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘यो क्षेत्रमा कांग्रेसको उम्मेद्वार छैन। तपाईहरु बिपीलाई सम्मान गर्नुहुन्छ भने समाजवादका लागि सङ्घर्ष गर्ने प्रचण्डलाई भोट दिनु पर्छ। शान्ति प्रक्रियाका २ हस्ताक्षरमध्ये म जीवित छु। तपाईहरुले गीरिजा बाबू र शान्ति प्रक्रियालाई सम्मान गर्नुहुन्छ भने मलाई भोट दिनुपर्छ। गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लोकतन्त्रको हित हुँदैन।’

याे पनि पढ्नुस  सहिदको रगत खेर जाँदैन, संविधान संशोधनमार्फत अधिकार सुनिश्चित गरिनेः अध्यक्ष प्रचण्ड

शनिबार दिनभर अध्यक्ष प्रचण्डले भरतपुर–२६ का विभिन्न टोलमा घरदैलो गरे । अभियानको क्रममा मतदाताले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए। पुत्रवियोगमा रहेका कारण अध्यक्ष प्रचण्डले माला र खादा भने लगाएनन्।

कमेन्ट गर्नुहोस्