नयाँशक्ति नेपालका उम्मेदवार लामिछानेका बुवा वाम गठबन्धनमा प्रवेश

हेटौंडा, मंसिर ९ । वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवार कृष्णप्रसाद दाहालले अब वाम गठबन्धनलाई हराउने ताकत कसैमा नभएको बताएका छन ।

शनिबार आयोजित घरदैलो र पार्टी प्रवेश कार्यक्रममा एमाले नेता दाहालले समग्र मकवानपुरको विकासको जिम्मा वाम गठबन्धनका उम्मेदवारले लिएको दावी गरे ।

याे पनि पढ्नुस  एमाले र माओवादी संसदीय दलको संयुक्त बैठक आज, यी हुन् एजेण्डा

सो अवसरमा नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार प्रल्हाद लामिछानेका पिता लीलानाथ वाम गठबन्धनमा प्रवेश गरे । वाम गठबन्धनको हेटौँडा वडा नं ४ मा भएको घरदैलोमा ८५ वर्षीय लीलानाथ वाम गठबन्धनमा प्रवेश गरेका हुन ।

याे पनि पढ्नुस  वाम गठवन्धका उम्मेदवारलाई जिताउन व्यवसायीहरुको भेला

लीलानाथले अब नेपालको विकासको नेतृत्व वाम गठबन्धनले गर्छ भन्दै आफू वाम गठबन्धनमा प्रवेशमा गरेको बताए ।

कमेन्ट गर्नुहोस्