देश हाक्ने ड्राइभर अक्षम भए दुर्घटना : अपार

तुलसीपुर, मंसिर ९ । नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले देश हाक्ने ड्राईभर राम्रो नभए दुर्घटनामा पर्ने बताएका छन् ।

शनिबार तुलसीपुर १४ मा भएका चुनावी सभामा अपारले अब देशलाई बिकास र समृद्धीको बाटोमा लैजान पर्ने बताउदै त्यसका लागि कुशल नेतृत्व चयन गर्नुपर्ने बताए ।

पछिल्लो समय देशमा बढेको भ्रष्टाचार, अनियमितता जस्ता कारणले बिकास र समृद्धिको दिशातर्फ लैजान नसकिएको भन्दै अब कुशल, इमानदार नैतिक ब्यक्तिलाई चुनावबाट निर्वाचित गर्नुपर्र्ने बताए । देशलाई सही मार्गमा हिडाउन देश चलाउने ड्राईभर पनि सक्षम हुनुपर्ने उनको भनाई थियो । ‘गाडी राम्रो भएपनि चलाउने ड्राईभर राम्रो नभए दुर्घटनामा पर्छ’ उनले भने ‘त्यसैगरी देश चलाउने ड्राईभर पनि सक्षम भएन् भने देश दुर्घटनामा पर्न सक्छ ।’

नेता अपारले एमाले र माओवादी केन्द्रबीचको एकताले मुलुकलाई सम्बृद्ध बनाउने दिशा लैजान सहज हुने बताए । चुनाबमा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धले दुई तिहाई बहुमत ल्याउने र स्थायी सरकार निर्माण हुने उनको भनाई थियो । स्थायी सरकार भएर आफूले सोचे अनुसारको बिकास गर्न सकिने उनको भनाई थियो । यसमा कसैले पनि अबरोध नगर्ने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका १२ का स्थायी बासी अपारले बिकासका लागि अब बामपन्थीको सरकार बन्नुपर्ने बताए । शनिबार तुलसीपुर १४ को ड्वाङ्पुर, उकमी, लुहाडवरा, खौसापुरलगायतका स्थानमा चुनाबी सभा सम्पन्न भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: