Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज पहिलो चरणमा मतदान हुने ३२ जिल्लाको मौसम कस्तो हुने छ ?

काठमाडौं, मंसिर १० । आज हिमाली र पहाडी जिल्लाका केही स्थानमा मौसममा आंशिक बदली भई पानी र हिउँ पर्ने सम्भावना रहेको बताइएको छ ।

आज नेपालको एतिहासिक दिन । संघीय संरचनामा प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुने जिल्लाहरूको मौसममा आंशिक बदली हुने र उच्च हिमाली जिल्लाको केही स्थानमा हिउँ पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंसिर १० गते आइतबार निर्वाचन हुने जिल्लाहरूमा मौसम मा बदली हुने छ ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरूमा समान्यतः मौसम बदली हुने तथा उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको जानकारी महाशाखाका मौसमविद् शान्ति कँडेलले दिइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: