निवर्तमान सभामुख ओनसरी घर्ती दम्पतीबाट मतदान

रोल्पा, मंसिर १० । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेकी छन ।

सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन । पुन सोही क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन ।

संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिए ।

रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामवली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित भएनन् । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ ।

मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्