हिंसा चर्किएपछि इस्लामाबादमा सेना परिचालनको आदेश

काठमाडौं, मंसिर १० । पाकिस्तानी सरकारले राजधानी इस्लामाबादमा इस्लामवादीहरुको प्रदर्शनका क्रममा हिंसा चर्किएपछि सेनालाई परिचालित हुन भनेको छ।

फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा कैयौँको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

ईश्वर निन्दा गरेको आरोपमा कानूनमन्त्री जाहिद हामिदको राजीनामा माग गर्दै प्रदर्शनकारीले कैयौँ हप्तादेखि राजमार्ग अवरुद्ध पार्दै आएका छन्।

याे पनि पढ्नुस  पाकिस्तान-अफगानिस्तान सीमामा गोली हानाहान, पाँच पाकिस्तानी सैनिक र दुई अफगान नागरिकको मृत्यु

आक्रमण
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार प्रदर्शनकारीहरु पञ्जाबस्थित कानूनमन्त्रीका घरमा आक्रमण गर्न पुगेका थिए।
त्यतिबेला मन्त्री हामिद र उनको परिवारका सदस्यहरु घरमा थिएनन्।

प्रदर्शनकारीहरु लहोर र दक्षिणी बन्दरगाह शहर कराचीमा पनि फैलिएका छन्। पाकिस्तान सरकारले शनिवार साँझ सेनालाई इस्लामाबादमा परिचालित हुन भनेको हो।अवरोध हटाउन नसकेपछि स्थानीय अधिकारीहरुको आग्रहमा सेना परिचालनका लागि आदेश जारी गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  पाकिस्तानकी पूर्वविदेशमन्त्री रब्बानीको अश्लिल भिडियो सार्वजनिक

प्रतिक्रिया
त्यसबारे पाकिस्तानी सेनाले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन। पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार यसअघि शनिवार प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षा फौजले अश्रु ग्यास र रबरको गोली प्रहार गरेका थिए।

प्रतिकारमा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए र अश्रु ग्यास फर्काएका थिए। फैजाबादस्थित राजमार्गबाट प्रदर्शनकारीलाई हटाउन साढे आठ हजार विशेष प्रहरी र अर्धसैनिक बल खटिएका थिए।

याे पनि पढ्नुस  पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई

समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनकारीले आफ्ना चारजना अभियानकर्मी मारिएको बताएका छन् तर प्रहरीले कसैको पनि मृत्यु नभएको बताएको छ।

कमेन्ट गर्नुहोस्