Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिन्धुपाल्चोकमा ११ बजेसम्ममा ४० प्रतिशत मतदान खस्यो

चौतारा,  मंसिर १० । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले बताउनुभयो ।

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिनुभयो ।रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: