चीनमाथि नेपालको शानदार जित, विश्वकप छनोट खेल्ने सम्भावना

काठमाडौं, मंसिर १० । आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

१ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३, सरिता राना मगरले २ र करुणा भण्डारीले एक विकेट लिए ।

थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । चीनका लागि हान लीले १५ र सी जोऊले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आइतबारकाे जितसँगै नेपालको ६ अंक भएको छ र विश्वकपको ग्लोबल छनोट खेल्न पाउने सम्भावना कायमै छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: