काठमाडौं, मंसिर १० । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।
आयोगका अनुसार, दिउँसो १ः३० बजेसम्ममा औषतमा ४५ प्रतिशत मतदान भएको छ। सबैभन्दा बढी मुस्ताङमा ७० प्रतिशत मतदान भइसकेको छ। मनाङमा ५५ प्रतिशत मतदान सकिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।