तपाईको एक भोटले प्रदेशको राजधानी दाङ बन्छ : अपार

दिपक बोहरा

तुलसीपुर, मंसिर १० । बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले मतदाताको एक भोट पनि अमुल्य रहेको बताएका छन् । मतदाताको एक भोटले मात्रै पनि हार जित हुन सक्ने भन्दै दाङ राजधानी बनाउन बामगठबन्धनले जित्नु पर्ने उनको भनाई थियो ।

अधिकांश ठाउमा बामगठबन्धनले बिजय हाँसिल गर्ने भन्दै प्रादेशिक राजधानी दाङमा ल्याउन बामगठबन्धनले जितेपछि बहुमत पुग्ने र प्रदेशिक राजधानी दाङमा ल्याउन सकिने उनको भनाई थियो । मतदाताको एक भोटले मात्रै पछि परेमा बामगठबन्धन पछाडि पर्न सक्ने भन्दै मतदाताको प्रत्येक भोट अमुल्य रहेको बताएका छन् । मुलुकमा बामगठबन्धनले दुई तिहाई बहुमत ल्याउने भन्दै अन्य पार्टीलाई भोट दिएर आफ्नो अमुल्य भोट खेर नफाल्न आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  जाजरकोटमा झडप हुँदा दर्जन घाइते, अझै झडप हुने डरले मतदाता आएनन्

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपारले आईतबार तुलसीपुर १४ मा भएका बिभिन्न चुनाबी कोणसभालाई सम्बोधन गर्दै बामगठबन्धनले स्थायी सरकार निर्माण गरी पाँच बर्षमा समृद्ध र बिकसित बनाउन एकता गरेको बताए । मुलुकका ठुला दल नेकपा माओवादी केन्द्र र एमालेले गठबन्धन गरेसंगै बामगठबन्धनको दुई तिहाई बहुमत आउने उनले बताए ।

याे पनि पढ्नुस  मंसिर १५ मा रुकुमको दुई मतदान केन्द्रमा फेरि मतदान हुने

बामगठबन्धनले जित्ने भएपछि अहिले मतदाताहरुले पनि बामगठबन्धन बाहेक अन्य पार्टीलाई मत दिएर आफ्नो अमुल्य मत खेर फाल्न नचाहेको उनको भनाई थियो । शनिबार तुलसीपुर १४ को कोठेरीलगायतका स्थानमा चुनाबी अभियान भएको छ । चुनावी अभिायनमा एमाले नेता कृष्ण भुषाल, माओवादी केन्द्रका नेता खुसीराम चौधरी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

याे पनि पढ्नुस  ज्ञानदीप कलेजमा कानुनी परामर्श

 

कमेन्ट गर्नुहोस्