रुकुम, मंसिर १० । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः मतदान हुने भएको छ ।
अज्ञात समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिए । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।
मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निर्णय भएको हो ।
मत पेटिकामा आगो लगाएको अशकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ । यो केन्द्रमा प्रदेश सभाको लागि भने मतदान भैरहेको छ । यहाँ ६ सय ७२ जना मतदाता रहेका छन् ।