Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपराष्ट्रपतिले खुशी व्यक्त गर्दै दिए सबैलाई धन्यवाद

काठमाडौं, मंसिर १० । उपराष्ट्रपति नन्दबहादुर पुनले ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सफलतापूर्व सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आम मतदातालाई बधाई र धन्यवाद दिएका छन् ।

निर्वाचन सम्पन्न भएलगतै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर निर्वाचन सम्पन्न हुँदा उपराष्ट्रपति खुशी भएको र आममतदातालाई धन्यवाद दिएको जानकारी दिएका हुन् । उपराष्ट्रपतिले निर्वाचन सम्पन्न भएकोमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल, कर्मचारी, सुरक्षा निकायलगायतलाई धन्यवाद दिएका छन् ।

‘उपराष्ट्रपतिले पहिलो चरणको निर्वाचनलाई महोउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई बधाई एवं धन्यवाद ज्ञापन गर्नुभएको छ’, प्रेस नोटमा भनिएको छ, ‘साथै, निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरका, निर्वाचन आयोग, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयंसेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।’
प्रेस नोट जस्ताको त्यस्तै:

कमेन्ट गर्नुहोस्

%d bloggers like this: