Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पहिलो चरणको मतदान एतिहासिक रुपमा सम्पन्न : निर्वाचन अायाेग

बाजुरामा ८० र समग्रमा ६५ प्रतिशत मत खसेको आयोगको दावी

काठमाडौं, मंसिर १० । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।

मतदान सम्पन्न भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा बहादुर भवनमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आजको मतदान शन्तिपूर्ण र उत्साहपूर्ण रुपमा भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

प्रमुख आयुक्त यादवले ६५ प्रतिशत भन्दा बढी मत खसेको बताए । मतदान सम्पन्न भएका हिमाली र उच्च पहाडी ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको जानकारी दिए ।

मतदान सकिए लगत्तै मतपेटीहरु जिल्ला निर्वाचन कार्यालयमा सुरक्षीत तरीकाले ल्याउने तयारी सुरु भइसकेको उनले जानकारी गराए ।

विशेष कारणले आज स्थगित भएका मतदान केन्द्रमा सम्बन्धीत जिल्लाका प्रमुख निर्वाचन अधिकृतले आवश्यक छलफल गरी पुन मतदानको मिति तोक्ने उनले बताए ।

आज मतदान भएको ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्यसहित समानुपातिकको मतगणना भने आगामी मंसिर २१ गते दोस्रो चरणका निर्वाचन भएपछि शुरु हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: