Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुनाव विरोधी नेकपाका प्रवक्ता प्रकाण्डको वडामा उल्लेख्य मतदान

कालिकोट, मंसिर १० । चुनाव विरोधी विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को वडामा उल्लेख्य मतदान भएको छ ।

नेकपाको प्रभाव क्षेत्र मानिएको नरहरिनाथ ६ माल्कोटको नन्दादेवी माध्यमिक विद्यालय सेरापाटा केन्द्रमा एक तिहाइ मत मात्र खसेको निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

९ सय १५ मतदाता रहेको सेरापाटा मतदान केन्द्रमा ३ सय ६२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: