बाबुरामले भने, ‘मेरो जीतमा कुनै शंका छैन’ तर चुनावमा भर हुँदैन’

गोरखा, मंसिर ११ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जीत वा हार  चुनावमा भर नहुने बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा. भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो जीतमा कुनै शंका नरहेको भएपनि चुनावमा भर नहुने बताएका हुन् । उनले भने ‘मेरो जीतमा कुनै शंका छैन’ तर चुनावमा भर हुँदैन’ । उनले हार जीतभन्दा पनि मतान्तर कति हुनेमा जनताको चाँसो रहेको पनि बताए ।

भट्टराईले भने, ‘बहुदलीय राजनीतिमा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ । योग्य प्रतिस्पर्धी हुँदा आफ्नो क्षमता अभिबृद्धि हुन्छ भन्ने मान्यता म राख्छु । मेरो जीतमा कुनै शंका छैन । यहाँको बहस भनेको मतान्तर कति हुने हो भन्ने हो । किनभने पहिलेको निर्वाचनमा नेपाल भरीमा सबैभन्दा बढी मत ल्याएर मैले जितेको थिएँ । त्यसमा चाहीँ जनताको चाँसो हो, हार जितमा शंका छैन ।’

उनले यो यो निर्वाचन नेपालमा संघीय गणतन्त्रलाई संस्थागत गर्ने र समृद्धिको बाटोमा अघि बढ्ने महत्वपूर्ण अवसर भएको जिकिर गरे । ‘यसमा भाग लिएर सबै नेपालीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ म पनि त्यही गर्दैछु,’ डा. भट्टराईले भने ।

भट्टराईले आफू अर्थमन्त्री भए यता गोरखाको विकासमा तिव्रता आएको भन्दै यसलाई पूरा गर्न जनताले फेरि अभिमत दिने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: