उपत्यकाबाट ८५ जना पक्राउ

काठमाडौं, मंसिर ११ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले विगत २४ घण्टाको अवधिमा ८५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक शिव श्रेष्ठका अनुसार शान्ति सुरक्षामा असर पु¥याउन सक्ने, हो–हल्ला गर्ने, मादक पदार्थ सेवन गर्ने, झैझगडामा संलग्न तथा शंकास्पद गतिविधिमा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं जिल्लाबाट ६९ पुरुष र ६ महिला गरी ७५ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । त्यस्तै ललितपुरबाट ७ पुरुष र भक्तपुरबाट ३ पुरुष पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्