कांग्रेस उम्मेदवारलार्इ बमध्वजकाे प्रश्न, ‘हामी लाेकतन्त्रकाे लडार्इ लड्दै गर्दा तिमीहरू कहाँ थियाै ?’

काठमाडौं, मंसिर ११ । नेकपा माअाेवादी केन्द्रका पाेलिटब्युराे सदस्य गंगाबहादुर तामाङ (बमध्वज)ले ज्यानमारा माअाेवादी वा एमाले नभएर कांग्रेस भएकाे अाराेप लगाएका छन् ।

नमाेबुद्ध नगरपालिका वडा नं. ५ कमेराेमा अायाेजित चुनावी काेणसभामा बाेल्दै काभ्रे क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएका बमध्वजले परिवर्तनका निम्ति लड्नेहरू ज्यानमारा नभर्इ परिवर्तनकाे पक्षधरता भएकाे बताए ।
‘हामी हिजाेका दिनमा परिवर्तन/लाेकतन्त्रकाे लडार्इडमा रहँदा टाउकाकाे मुल्य ताेक्ने शेरबहादुरहरू ज्यानमारा हाेइनन् ?’ उनले प्रश्न गर्दै भने, ‘जाे सुकैले हत्यारा वा जे सुकै ठाने पनि विकास वाम गठबन्धनबाट मात्रै सम्भव छ।’

याे पनि पढ्नुस  शोककाबीच बिनाको जोड्दार भाषण, विकासका लागि सिंहदरबारसँग लड्न जित आवश्यक

‘हामी लाेकतान्त्रिक अान्दाेलनमा हाेमिरहँदा तिमीहरू कहाँ थियाैँ ? ०४६ सालकाे जनअान्दाेलन, १० वर्षे महान जनयुद्ध, र ०६२/०६३ काे जनअान्दाेलनमा हामी ज्यानकाे माया मारेर लाेकतान्त्रिक गणतन्त्रका लागि युद्धकाे मैदानमा हाेमिरहँदा तिमीहरू कुन ठाउँमा थियाैँ ?’ बमध्वजले प्रश्न गर्दै साेधे ।

अाफूहरूलार्इ लाेकतन्त्रकाे पाठ सिकाउन जरूरी नभएकाे बताउँदै बमध्वजले लाेकतान्त्रिक भनिने दलका उम्मेदवारले अराजनीतिक अभिव्यक्ति दिन र अलाेकतान्त्रिक गतिविधि गर्न थालेकाे बताए ।

याे पनि पढ्नुस  वाम एकताको सहमति एमालेबाट अनुमोदित

अागामी दिनमा कांग्रेस इतिहासमा मात्रै रहने उनकाे भनार्इ थियाे । उनले भने, ‘वाम गठबन्धन मात्रै अब याे देशमा रहन्छ, कांग्रेस त अब यस्ताे थियाे भनेर इतिहासमा दर्जन हुनेबाहेक अरू कुनै विकल्प छैन’

कांग्रेसले मतदाताले भेडा, बाख्रा वा खसी ठानेकाे बताउँदै मत किनेर शासन गर्छु भन्ने कुरा नसाेच्न उनले अाग्रह गरे ।

कमेन्ट गर्नुहोस्