Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

झापामा दोस्रो चरणको चुनावी रौनक यस्तो देखियो (फोटोफिचर)

झापा, मंसिर ११ । आइतबार मंसिर १० गतेमात्र पहिलो चरणको विभिन्न क्षेत्रहरुमा मतदान शान्तिपूर्ण र उत्साहकजनक रुपमै सम्पन्न भएको छ । अब सबैको ध्यान यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनतर्फ केन्द्रित रहेको छ ।

यसैक्रममा दोस्रो चरणको चुनाव हुने प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा रातोपाटीको टोली स्थलगत रिपोर्टिङको लागि पुगेको छ ।

झापाको भद्रपुर विमानस्थलमा ओर्लिएर मुख्य बजार विर्तामोडतिर अघि बढ्दादेखि नै जिल्लालाई चुनावी मौसमले छपक्क छोपेको महसुस हुन्छ ।

घर–घरमा पार्टीका झण्डा, सडक छेउमा ब्यानर, चिया पसलमा राजनीतिक गफ गर्नेहरुको भीड यी सब देख्दा झापाका जनताले मंसिर २१ को चुनावलाई उत्सुकताका साथ पर्खिरहेको सजिलै बुझ्न सकिन्छ ।

त्यसमाथि पनि एमाले अध्यक्ष केपी ओली, काङ्ग्रेस नेता कृष्ण सिटौला, माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका नेता राजेन्द्र लिङ्देन जस्ता हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएकाले पनि सबैको ध्यान झापामा केन्द्रीत भएको छ ।

झापाका विभिन्न स्थान घुम्ने र त्यहाँका नेता कार्यकर्ताहरुसँग भलाकुसारी गर्ने क्रममा त्यहाँ चुनावी माहौल झल्किने केही तस्विरहरु क्यामारामा कैद गरिएको छ ।

हेर्नुहोस् झापामा भइरहेको चुनावी रौनकका केही तस्विरहरु-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: