दृष्टिविहीनलाई न्यानो कपडा दिँदै रेवानले मनायो ९औँ वार्षिकोत्सव मनायो

चितवन, मंसिर ११ । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसीयसन नेपाल (रेवान) सौराहाले स्थापनाको ९ औँ बार्षिकोत्सव मनाएको छ ।

विगतमा संस्थाका सदस्यहरु विचमा मात्रै मनाइएको बार्षिकोत्सवमा यस बर्षदेखि सामाजिक कार्यको समेत थालनी गरेर स्थापना दिवस मनाईएको हो ।

एक भव्य समारोहका पूर्वी चितवनको एक मात्र दृष्टिबिहिन बालबालिकाहरु अध्ययन गर्ने झुवानी माविको आश्रयमा रहेका २७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्षेत्रिय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए ।

विद्यालयमा रहेका २७ जना बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा अभाव भएपछि रेवान सौराहाको सामाजिक अभियान अन्र्तगत ९ औँ स्थापना बार्षिकोत्सवको अवसरमा न्यानो कपडा वितरण गरिएको रेवान सौराहाका महासचिव कृष्ण भट्टले जानकारी गराए ।

न.पा वडा नम्बर ५ वडा अध्यक्ष कृष्ण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झुवानी माविका प्रचार्य दुर्गा नेपालको विशेष आतिथि सँगै रेवान सौराहाका पूर्व अध्यक्षहरु पुरुषोत्तम श्रेष्ठ, सुवासचन्द्र गौतम, रेवान महिला समुहकी अध्यक्ष माला दाहाल, कार्यक्रम संयोजक तथा द्धिृतिय उपाध्यक्ष अर्जुन चौधरी, मृगकृञ्ज उपभोक्ता समिति बछौलीमा अध्यक्ष बासुदेव ढुंगाना, जनकौली वनका सचिव ऋृषिराम गुरुङ्ग, क्षेत्रीय होटल संघका तृतीय उपाध्यक्ष योगेन्द्रनाथ अधिकारी लगायतले बोलेका थिए । सो बालबालिकाहरुलाई रेवान बर्थ डे केक समेत खुवाईएको थियो ।

९ वर्षअघि रेवान सौराहा स्थापन भएसँगै क्षेत्रीय रेवानको समेत मान्यत पाएको यस संस्थाले उज्यालो सौराहा अभियानदेखि कल्भर्व निर्माण, बाल न्यूनिकरण, मठमन्दिर निर्माण, अनाथ बालबालिका र वृद्धावृद्धहरुलाई सहयोगसगैँ वन वन्यजन्तु र संरक्षणका लागिका विविध कार्यक्रम गर्दै आएको छ ।

साथै कार्यक्रममा सौराहा फुड फेष्टिवल २०७४ का संयोजक कपिल रेग्मी, झुवानी मावि समाहित शिक्षाकी स्रोत शिक्षिका हिराकुमारी थापा, राजेश तामाङ्ग, रोजनाथ पाठक, कुमार जोशी, गोपी विडारी, ईन्द्रराज चौधरी, सूर्य बहादुर भट्ट, ईश्वरी परियार, गोपि लम्साल, लगायतको सहभागी थियो ।

 

कमेन्ट गर्नुहोस्