हुम्लामा ३६ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइयो

हुम्ला, मंसिर ११ । हिमाली जिल्ला हुम्लाका ५२ वटा मतदान केन्द्र मध्ये ३६ मतदान केन्द्रका मतपेटिका सोमबार बिहान हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकाम आसपासका खापुनार्थ, गाँऊपालिका सिमकोट गाउँपालिका, नाम्खाका केही मतदान केन्द्रबाट आइतबार नै मतपेटिका सदरमुकाम ल्याएको थियो ।

बाँकी रहेका नाम्खा गाँऊपालिका लिमी हल्जी, जाँङ,तिला,चाला, अदानचुली गाँऊपालिका श्रीनगर, कलकेलगायतका मतदान केन्द्रबाट पनि मतपेटिका सदरमुकाम ल्याइएको छ । विकट र सदरमुकामदेखि टाढाको दुरीमा पर्ने चंखेली गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका र सर्केगाँड गाँऊपालिका सम्पूर्ण मतदान केन्द्रका सबै मेतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बिहान सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्