डोल्पामा ८१ प्रतिशत मत खसेको अनुमान

डोल्पा, मंसिर ११ । आइतबार मंसिर १० गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा ८१.४९ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ ।

डोल्पाका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीका अनुसार, ८१।४९ प्रतिशत मत खसेको छ । उपल्लो डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको ‘कु’ गाउँ मतदान केन्द्र सामान्य सम्पर्कमा आएपनि संञ्चार समस्याको कारण कति मत खस्यो भन्ने जानकारी नआएकाले उक्त मतदान केन्द्रसहितको अनुमान गरेर जिल्लाका ६६ वटै मतदान केन्द्रबाट ८१.४९ प्रतिशत मत खसेको हो ।

यो आँकडा अनुसार, सबैभन्दा धेरै मत खसेको बाजुरा जिल्लाभन्दा धेरै मत खसेको पाइएको छ । डोल्पामा १८ हजार नौ सय ८९ मतदाता रहेका छन् । जानकारीमा नआएका कुगाउ मतदान केन्द्रमा ५८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय डोल्पाले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्