Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउवालार्इ पराजित गर्न डडेल्धुरामा जनमोर्चाको समर्थन खगराजलाई

डडेल्धुरा, मंसिर ११ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पराजित गर्न डडेल्धुरा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवार माओवादी नेता खगराज भट्टलाई मतदान गर्ने निर्णय गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी डडेल्धुरा जनमोर्चाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीले पार्टीको केन्द्रीय समितिको निर्णय र निर्देशन अनुसार आफूले वाम गठबन्धनका उम्मेदवार भट्टलाई सहयोग गर्ने जानकारी गराए ।

देशलाई विखण्डनको दिशातिर लैजान प्रयास गरीरहेका लोकतान्त्रिक गठबन्धनको प्रमुख देउवालाई पराजित गर्नु पर्ने भएकाले हाम्रो पार्टीले वाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको रा जमोका केन्द्रीय सदस्य मनोज भट्टले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: