भट्ट जस्तो हाइट भएको नेता जिताउँदा हाम्रो नि विकास हुन्छ : थारु अगुवा

अत्तरिया, मसिर ११ । कैलाली क्षेत्र नम्बर ४ का वामगठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले यस क्षेत्रमा रहेका थारु राना सामुदायको हक अधिकारको लागि आफू निरन्तर लागिरहेको बताएका छन ।

चुनाव प्रचारप्रसारको क्रममा गोदावरी, गौरीगंगा नगरपालिकामा रहेका स्थानीय थारु सामुदायसँगको भेटघाटमा भट्टले उक्त कुरा बताए । उनले थारु सामुदायको शिक्षा, रोजगार, स्वास्थ्य उपचार लगाएतका कुरामा आफूले योजनाका साथ काम गर्ने दाबी गरे ।

कला संस्कृतिमा धनी थारु सामुदायको कला संस्कृति जोगाउन एउटा बृहत् संग्राहलय बनाउने आफ्नो योजना रहेको जानकारी दिए ।

थारु सामुदायमा देखिएको सिकलसेल रोगको उपचारको लागि आफूले गेटा मेडिकल कलेजमा अलग्गै एउटा युनिट बनाउन पहल समेत गर्ने भट्टले बताए । पूर्वमन्त्री समेत रहेका भट्टले थारुहरुको कला संस्कृतिमा धनी थारु सामुदायको कला संस्कृति जोगाउन एउटा बृहत् संग्राहलय बनाउने आफ्नो योजना रहेको जानकारी दिए ।

आफूप्रति थारु सामुदायको ठूलो भरोस रहेको हुँदा बिपक्षीहरुले आफूलाई थारु बिरोधी भनेर चित्रण गर्न खोजे पनि थारु सामुदायले आफूलाई मतदान गर्ने विश्वाश ब्यक्त गरे । भट्टले थारुहरुको हक अधिकार संरक्षण लागि पर ेपनि थारुहरुकै नाममा राजनीति गर्ने अवसरवादीहरुले आफूलाई थारु बिरोधीको रुपमा चित्रण गर्न खोजेको बताए ।

मुसुरियाका स्थानीय हिरालाल चौधरीले भट्टले आफ्नो सामुदायलाई सधैं सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

मुसुरियाका स्थानीय हिरालाल चौधरीले भट्टले आफ्नो सामुदायलाई सधैं सहयोग गरेकोमा खुशी व्यक्त गरे । चौधरीले भने, ‘लेखराज भट्टलाई थारु बिरोधी भनेर केही अवसरवादीहरुले भ्रम सृजना गर्ने प्रयास गरेपनि थारु सामुदायले वास्तविकता बुझिसकेकाले उहाँलाई नै यो निर्वाचनमा भोट् हाल्ने छन् ।’

गोदावरी नगरपालिका स्याउलेका स्थानीय युवा राजकुमार चौधरीले थारु सामुदाय यो पटक कसैको लोभ लालचमा नपरी परिवर्तनकारी वामगठबन्धनलाई मतदान गर्ने बताए । उनले धेरै पटक अन्य दललाई मतदान गरे पनि यो निर्वाचनमा लेखराज भट्टलाई मतदान गरी विजयी गराउने दावी गरे । भट्ट जस्तो हाइट भएको नेतालाई जिताउँदा आफ्नो समुदायको विकास हुने उनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: