ओलीको क्षेत्रमा देउवाका भाषण: वामपन्थीलाई गाली वाढीपीडितलाई राहत

'वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा लैजाने प्रपञ्च'

झापा, मंसिर ११ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन ।

झापा क्षेत्र नं ५ स्थित गौरादहमा सोमबार आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाए ।

प्रधानमन्त्री देउवाले निरङ्कुशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको बताए । अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनावसमेत भएको बताउँदै विचार पु¥याएर मतदान गर्न आग्रह गरे ।

उनले झापाका बाढीपीडितका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ बराबरको आवासको घोषणा गरे । १० हजार रुपैयाँ बराबरको कपडा, २ हजार रुपैयाँ बराबरको मल बीउ तथा निःशुल्क स्वास्थ्य शिविर र काठ दाउराको व्यवस्था गरिने उनले घोषणा गरे ।

सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले लोकतन्त्रको भ¥याङ चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा लैजाने प्रपञ्च मात्रै भएको बताए ।

कमेन्ट गर्नुहोस्