कांग्रेस र नेकपाका दूई दर्जन नेता वाम गठबन्धनमा प्रवेश

तुलसीपुर, मंसिर ११ । तुलसीपुर ३ डाँडाखुट्टीका दुई दर्जन बढी नेता र कार्याकर्ता वामगठबन्धनमा प्रवेश गरेको छन ।

सोमबार आयोजित चुनाबी सभामा नेपाली कांग्रेस र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कमयुनिष्ट पार्टी परित्याग गरि दुई दर्जन बढी स्थानीय नेता र
कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन ।

याे पनि पढ्नुस  ‘जनयुद्ध’ शब्द नलेखिए एकता गर्न गाह्रोः मणि थापा

पार्टी प्रवेश गर्नेमा सुरेश राणा, अम्मरबहादुर वली, बुद्धी खड्का, बुद्धिराम राणा, चित्रबहादुर वली, ताराबहादुर केसी, भगवती पुन, रामकली बुढा, लोकराज घिमिरे, मनिसा घिमिरे, माया जैसवाललगायत रहेका छन् ।

वामगठबन्धनले आसन्न निर्वाचनमा बहुमत प्राप्त गर्ने र स्थिर सरकार निर्माण गरी देशमा विकास र सम्बृद्धिको यात्रा सुरु हुने उनीहरुको विश्वास छ ।

याे पनि पढ्नुस  बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि दाङमा तनावग्रस्त !

नवप्रवेसीहरुलाई माओवादी केन्द्रका प्रभावसाली नेता पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ वागठबन्धनका उम्मेदवार हिराचन्द्र केसी, जगप्रसाद शर्मा ‘अपार’लगायतले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्