प्रचण्ड र ओलीले अाज लगनखेलमा सम्बोधन गर्ने !

ललितपुर, मंसिर १२ । बाम गठबन्धनका शीर्ष दुई नेता एमालेका केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ललितपुरको लगनखेलमा विशाल सभालाई सम्बोधन गर्ने भएका छन् ।

मंसिर २१ गते चुनाव हुने ललितपुर जिल्लामा ३ वटा प्रतिनिधि र ६ वटा प्रदेश क्षेत्र रहेका छन् । चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड र ओली लगनखेल आउने माओवादी केन्द्रकी प्रवक्ता तथा क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले जानकारी दिइन ।
बाम गठबन्धनको किल्ला रहेको दावी गरिएको ललितपुर जिल्लामा प्रचण्ड र ओली आउने भएपछि गाउँ गाउँबाट मानिशहरु राजधानी प्रवेश गर्न थालेका छन् ।
अाज दिउँसो लगनखेलमा बृहत सभा राखिएको उनले जानकारी दिइन । चुनावी सभाको सम्बोधन  गर्न ओली देश दौदाहमा रहेका छन् ।
यसअघि भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रचण्डले चापागाउँ पुगेर सम्बोधन गरेका थिए भने एमाले अध्यक्ष ओली स्थानीय तहको निर्वाचनमा सम्बोधन गर्न ललितपुर आएका थिए ।
बाम गठबन्धन बनेपछि ललितपुर जिल्लामा प्रचण्ड र ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: