प्रचण्ड राजनेता हो, चुनाव जित्नुहुन्छः एमाले अध्यक्ष

काठमाडौं, मंसिर १२ । चितवन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् ।

एमालेका तर्फबाट उम्मेदवार बनेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे ।

याे पनि पढ्नुस  जसलाई बिरामीले कुरिरहेका थिए ....

‘नेपाली जनता एकपटक कम्युनिष्टहरुका शाषन वा वाम गठबन्धनको शासन हेर्न आतुर भएको अवस्था छ,’ उनले भने ।

वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हास्यास्पद भएको उनको भनाई छ ।

आवधिक निर्वाचन, विधिको शाषन, स्वतन्त्र न्यायपालिका र मानव अधिकारको रक्षाका विषयमा आफूहरु प्रतिवद्ध रहने उनले बताए । लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।

याे पनि पढ्नुस  कालिका नगरमा विशेष सरसफाई अभियान, सिन्ती झरनाको सरसफाई गर्दै अभियान सुरु

चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै पोखरेलले अझै काम गर्न बाँकी रहेको स्विकार गरे ।

माओवादी अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै चितवन एमालेका अध्यक्ष समेत रहेका पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्तिसमेत लागि परेको दाबी गरे । प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।

याे पनि पढ्नुस  आयातित बिरामीबाट औलोको जोखिम कायमै

कमेन्ट गर्नुहोस्