Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उड्ने क्रममा तारा एयरको विमान दुर्घटना, चालकसहित चारजना घाइते

हुम्ला, मंसिर १२ । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ ।

विमान दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन् भने अरु ११ जनाको अवस्था भने सामान्य रहेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार विमान चालक बसन्त लामा, सहचालक अनिल गुरुङ, परिचारिका प्रिया श्रेष्ठ र प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाल घाइते भएका छन् ।

उनीहरुलाई प्राथमिक उपचार पछि थप उपचारको लागि नेपालगञ्ज र सुर्खेत पठाइएको उहाँले जानकारी दिनुभयो । विमान अनियन्त्रित भएर रन वे बाट बाहिर गएपछि दुर्घटना भएको हो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: