बानेश्वर चोकमा वाम गठबन्धन चुनावी सभा, ओली र बादलले सम्बोधन गर्ने

काठमाडौं, मंसिर १२ । काठमाडौं क्षेत्र नं. १ को चुनाब प्रचारका क्रममा वाम गठबन्धनले आज बानेश्वरमा भव्य चुनावी सभाको आयोजना गरेका छन ।

केही बेरमा सुरु हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्दै छन् ।

बानेश्वर चोकमा सभाको तयारी भइरहेकाले तिनकुनेदेखि बबरमहलसम्मको सडकमा सवारी आउजाउमा केही समस्या हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्ने ट्राफिक प्रहरी अनुरोध गरेको छ ।

काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता अनिल शर्मा चुनावी प्रतिस्पर्धामा छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: