बाबुरामलाई अर्को झड्का, पूर्वएआइजी राईद्वारा नयाँशक्ति परित्याग

काठमाडौं, मंसिर १२। नयाँशक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य पूर्वएआइजी गणेशराज राईले पार्टी परित्याग गरेका छन् ।

मंगलबार राईले जारी गरेको विज्ञप्ति नयाँ शक्ति पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘अपेक्षा एवं यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’

विज्ञप्तिमा राईले भनेका छन्, ‘नयाँ शक्ति पार्टीबाट अलग भए पनि आगामी दिनमा नेपाल प्रहरी जस्तो अनुशासित फौजमा रहेर आर्जन गरेको शीप र ज्ञानलाई सार्वजनिक जीवनमा क्रियाशील रहेर राष्ट्र निर्माणमा योगदान पुर्‍याउने मेरो सोच रहेको छ ।’

राईले ट्राफिक प्रहरी प्रमुख भएका समयमा काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

कमेन्ट गर्नुहोस्