साम्यवादको युग अन्त्य भयो : पौडेल

कपिलवस्तु, मंसिर १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले विश्वबाटै अन्त्य भएको साम्यवाद ल्याउन खोजेको बताएका छन ।

कपिलवस्तुको तौलिहवामा मंगलबार काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अबको युग भनेको प्रजातान्त्रिक समाजवादको भएको बताउर्दै कसैको धाँक–धम्कीले अधिनायकवाद नआउने बताए ।

याे पनि पढ्नुस  गुरुयोजना बनाउन भन्दै मुख्यमन्त्रीले गरे एतिहासिकस्थलको अवलोकन

नेपाली काँग्रेसले लोकतन्त्रलाई बलियो बनाई निमुखा जनताको अधिकार सुनिश्चत गर्ने बताउँदै सुकुम्वासी समस्या, गरिबी, बेरोजगारी समस्याको समाधान काँग्रेसले गर्ने उनको दावी छ ।

कमेन्ट गर्नुहोस्