Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विभिन्न पार्टी परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश

महोत्तरी, मंसिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ववडा अध्यक्ष मोहन धृङचिङसहित विभिन्न पार्टी परित्यागगारी १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

गौशाला नगरपालिका–१ रामनगरमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसबाट बिमलकुमार राना, राजपाबाट भोला ठाकुर, श्याम ठाकुर, कमल यादव, अबिलाश पाशवान, भवानी महतो र अन्य विभिन्न पार्टीमा आवद्ध रामकलेश महतो, बिरबहादुर बिक, निरज बराइली, सनमान रसाइली सहित १४ जना आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्नेहरूलाई पूर्वस्वास्थ्य मन्त्री एवं महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका वाम उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: