आफूले दिएको बोड दृश्यप्रति पछुतो

काठमाडौं, मंसिर १२ । एक अभिनेत्रीले आफूले चलचित्रमा दिएको एउटा दृश्यप्रति पश्चताप गरेकी छन । प्रदर्शनको तयारीमा रहेको चलचित्र जुली–२ की अभिनेत्री राय लक्ष्मीले चलचित्रमा आफूले दिएको एउटा दृश्यप्रति पछुतो लागिरहेको बताएकी हुन ।

चलचित्रमा आफू बोल्ड भूमिकामा प्रस्तुत हुने क्रममा दिएको एउटा दृश्यका लागि आफू कसरी तयार भए भन्ने विषयमा अहिले पनि सोच्न गाह्रो हुने गरेको लक्ष्मीले बताएको छन ।

चलचित्रको उक्त बोल्ड दृश्यका बारेमा मैले बोल्नु हुन्छ कि हुन्न भन्ने पनि थाहा छैन, लक्ष्मीको भनाइ छ— तर उक्त दृश्य निकै अश्लील भएको कुरा मैले लुकाउनु हुँदैन । लक्ष्मीका अनुसार दर्शकलाई वास्तविकता अनुभव गराउने क्रममा उक्त दृश्य तयार पारिएको हो ।

उक्त दृश्यमा उनले एक जना पुरुषसँग सुतेकी छन । उक्त दृश्यको छायांकन समेत खराब रहेको लक्ष्मीको भनाइ छ । लक्ष्मी भन्छिन्– उक्त दृश्यमा मैले असहज महसुस गरें ।

व्यक्तिगत रूपमा मलाई के लाग्छ भने त्यस्तो दृश्य तथा अंग प्रदर्शन सीमित कलाकारले मात्र गर्नुपर्छ, हरेक कलाकार त्यस्तो दृश्यका लागि सहजै तयार हुन सक्दैनन् । तर म तयार भए । कसरी भए अहिले अचम्म लाग्छ ।

कमेन्ट गर्नुहोस्