Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डलाई जिताउन नेताहरु ‘मिठा भाषण’ गर्दै, कलाकार स्टेज तताउँदै

चितवन, मंसिर १३ । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन नजिकिदै गर्दा चितवनमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

यस पटकको निर्वाचनमा प्रचण्डको आगमनले चितवन फेरी चर्चामा रहेकोले यहाँको चुनावी माहोल थप रोमान्चक बन्दै गईरहेको छ ।

प्रतिनिधि सभा तर्फ वामगठबन्धनबाट चितवन क्षेत्र नं.३ मा उम्मेद्वारी दिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिताउन अहिले नेतादेखि कलाकारसम्मको ओईरो लागेको छ ।

पहिलो चरणको निर्वाचन सकिएसंगै माओवादीका सबै शक्ति अहिले चितवन केन्द्रीत बनेको छ ।

हरेक दिन हुने सभाहरुमा नेताले भाषण ‘ठोक्ने’ र कलाकारले मनोरञ्जन प्रदान गर्दै प्रचण्डलाई भोट माग्दै हिडिरहेका छन् ।

प्रचण्डलाई जिताउन माडीको दुर्गम ठाउँ बाँदरझुलामा आयोजित आमसभामा गायक बद्री पँगेनीले गीत मार्फत नै आग्रह गरे ।

उनी सो दिन प्रचण्डको विभिन्न कार्यक्रममा सरिक हुँदै गीत मार्फत प्रचण्डलाई जिताउन लागि परे ।

यस्तै पुत्रशोकबाट प्रचण्ड चुनावी कार्यक्रममा देखिएसंगै गायक तथा संगीतकार चेतन सापकोटा साथमा छन् ।

हरेक सभामा उनको प्रस्तुती रहँदै आईरहेको छ । त्यसैगरि चर्चित हास्यकलाकार मनोज गजुरेल पनि प्रचण्डलाई जिताउन साथ दिईरहेका छन् ।

उनी केहीदिन देखी प्रचण्डका हरेक सभामा उपस्थितलाई हसाउँदै प्रचण्डको पक्षमा माहोल बनाईरहेका छन् । सिस्नु पानीको टिम पनि यतिबेला चितवनमै रहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा द्धन्द्ध निर्देशक र द्धन्द्ध कलाकारको रुपमा चर्चा बटुलेका कलाकार राजेन्द्र खड्की पनि प्रचण्डलाई जिताउनमा चितवनमै रहेका छन् ।

अब राप्रपाबाट एमालेमा प्रवेश गरेकी गायिका कोमल ओली पनि प्रचण्डलाई जिताउन चितवन आउन लागेको चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।

यसरी देशका चर्चित कलाकार प्रचण्डलाई चितवनमा जिताउन दिनरात नभनी खटिरहेका छन् ।

पहिलो चरणको निर्वाचनले गर्दा धेरै नेताहरु आफ्नो चुनावी अभियानमै व्यस्त थिए । त्यो निर्वाचन सकिएसंगै प्रचण्डलाई जिताउन अब माओवादीका अन्य नेताहरु साथ दिन थालेका छन् ।

आफ्नो निर्वाचन सकिएसंगै पार्टी अध्यक्षलाई जिताउन नेता अग्नि सापकोटा, देव गुरुङ, मणी थापा चितवन आईपुगेका छन् ।

यस्तै एमालेमा मिसिएको परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि प्रचण्डलाई जिताउन लागि परेका छन् ।

अब माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ चितवनमै रहेर प्रचण्डलाई जिताउन आउँदैछन् ।

चितवन क्षेत्र नं.३ मा प्रचण्डको प्रतिद्धन्द्धीको रुपमा बलिया उम्मेद्वार राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे उभिएपछि अहिले प्रचण्डलाई जित्न त्यति सजिलो छैन् ।

जसका कारण प्रचण्डलाई जिताउन अहिले सारा शक्ति लागि परेको छ । चितवनको भरतपुरमा मंसिर ५ गते नै एउटा वृहत आमसभा भईसकेको छ ।

अब मौन अवधि सुरु हुनु अघि मंसिर १७ गते माडी नगरपालिकामा वृहत आमसभा गर्ने तयारी भईरहेको छ ।

सो सभामा एमाले अध्यक्ष केपी ओली, प्रचण्डसंगै रामबहादुर थापा बादल, एकनाथ ढकाललगायतका नेताले सम्बोधन गर्ने माओवादी केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: