चितवन जोडेर केरूङदेखि कलकत्तासम्म राजमार्ग : प्रचण्ड

दीपचाेक, मंसिर १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केरुङबाट बिरगञ्ज जोड्ने राजमार्ग छिट्टै शुरू हुने बताएका छन ।

भरतपुरको वडा नम्बर २४ दीपचौकमा आयोजित कोणसभामा बोल्दै प्रचण्डले वाम सरकारले केरूँगलाई बिरगंज जोडेर उत्तर दक्षिणको विकास गर्ने बताए ।

“अब केरूँगबाट चितवन, माडी हूँदै कलकत्ता जोड्ने बाटो खुल्छ, त्यसले चितवनलार्इ मुख्य व्यापारिक केन्द्रको रूपमा विकास गरनेछ” प्रचण्डले भने, “म विकास र समृद्दीको योजना लिएर आएको छू । केन्द्रमा स्थिर सरकार बने यी सबै काम गर्न सम्भव छ ।”
सभालाई सम्बोधन गर्दै प्रचण्डले लुटेरा र कमिशनखोरहरूको चंगुलबाट देशलाई मुक्त गर्न केन्द्रमा स्थिर वाम सरकार आवश्यक भएको बताए । बिगतमा अस्थिर सरकार हुने कारणले नै देशले विकासको गति नलिएको बताउदै प्रचण्डले देशलाई समृद्द बनाऊने संकल्प बोकेर एमाले र माओवादीबीच एकताको निर्णय भएको बताए ।
प्रचण्डले सुकुम्बासी समस्या देशको गम्भीर समस्या भएको बताए । “अब बन्ने बामपन्थीहरूको सरकारको पहिलो निर्णयबाट सुकुम्बासी समस्याको समाधान हुनेछ ।” उनले भने ।

राप्ती नदीमा थप तीन पुलको निर्माण गरेर पूर्वी र पश्चिम चितवनलाई एउटै कम्प्याकट जोन अन्तर्गत विकास गर्ने र चितवनलार्इ एसियाली मापदण्डको नमूना सहर बनाउने समेत प्रचण्डले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: