मंसिर १५ मा रुकुमको दुई मतदान केन्द्रमा फेरि मतदान हुने

रुकुम, मंसिर १३ । मतदानका क्रममा मंसिर १० गते एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा १५ मंसिरमा पुनः मतदान हुने भएको छ ।

एसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान गराउनु भन्ने निर्वाचन आयोग केन्द्रको पत्रअनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए।

याे पनि पढ्नुस  पूर्व जनमुक्ति सेनाले गरे यस्तो पौरख, घरमै बसेर मासिक ५० हजार आम्दानी

उनका अनुसार मतपत्र नष्ट भएका बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको लागि मात्र मतदान हुनेछ भने आठ–बीसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ।

याे पनि पढ्नुस  पश्चिम रूकुमकाे मुलखाेला बस दुर्घटनामा एककाे मृत्यु, १० जना घाइते

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानका लागि मतदान अधिकृतहरुको टोली आवश्यक सामग्रीसहित उक्त क्षेत्रमा सदरमुकाम खलंगाबाट हिँडिसकेको छ।

बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका तेजप्रसाद पौडेललाई र आठबीसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरलाई खटाइएको छ। बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ र आठबीसकोटमा ७ सय ५६ जना मतदाता छन्।

याे पनि पढ्नुस  रुकुम अपडेटः कमला रोका कांग्रेस उम्मेदवारभन्दा दोब्बर मतले अगाडि

यी दुवै मतदान केन्द्र प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा पर्दछन्। जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट रातो कामी र नेपाली कांग्रेसको तर्फबाट कृष्णबहादुर रोकाय प्रदेशसभा उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्