महिला साफ यू–१५ पुस २ गतेदेखि, नेपालको पहिलो खेल आयोजक बंगलादेशसँग

काठमाडौं, मङ्सिर १३ । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१५ महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

बुधबार सार्वजनिक खेल तालिका अनुसार नेपालले पुस २ मा घरेलु टोली बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

त्यस्तै, नेपालले पुस ४ मा भारत र पुस ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारत समावेश छन्।

कमेन्ट गर्नुहोस्