उत्तरकोरियाकोे शक्तिशाली क्षेप्यास्त्रले अमेरिकाको जुनसुकै ठाँउ मार हान्न सक्ने, अमेरिका सशंकित

काठमाडौं, मंसिर १३ । उत्तरकोरियाले मंगलबार राती गरेको शक्तिशाली क्षेप्यास्त्र परीक्षणपछि अमेरिका संशंकित भएको छ ।

उत्तर कोरियाले गएराती गरेको पछिल्लो परीक्षणपछि अमेरिकाको जुनसुकै ठाउँमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ।

‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर यात्रा गरेको उक्त क्षेप्यास्त्रले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन्।

दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एसिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको ठानिएको छ।

विगतमा प्योङयाङले आगो र क्रोधको सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ, भनेका छन्।बिबिसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: