शोककाबीच बिनाको जोड्दार भाषण, विकासका लागि सिंहदरबारसँग लड्न जित आवश्यक

बेलडाँडी, मंसिर १३ । पतिशोकमा रहेकी वाम गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार माओवादी केन्द्रकी नेता बिना मगरले बुधबार बेलडाँडीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेकी छन् । उनी कञ्चनपुर फर्के लगत्तै चुनाव प्रचार अभियानमा जुटेकी हुन । बिनाले यतिवेला लालझाँडी, पुर्नवास, बेलौरी र बेलडाँडीमा मतदातासँग भेटघाट, भेला, घरदैलो अभियानलाई तीब्रता दिएकी छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म कञ्चनपुरकी छोरी हुँ, यस जिल्लाबाट कुनै पनि महिलाले चुनाव जितेको इतिहास छैन्, महिला उम्मेदवार नै उठाइदैन् । म पहिले पनि तपाईकै सामु उम्मेदवार भएर आए त्यतिबेला पनि हजुरले मलाई साथ दिनुभयो, अब यसपाली बलियो तरिकाले साथ दिने मैले विश्वास गरेकी छु । मेरो बाँकी जीवन अब तपाईकै सेवामा सर्मपित गर्छु । एक पटक मलाई हजुरहरुले साथ दिनुहोस् ।’

याे पनि पढ्नुस  एमाले अध्यक्ष ओली आराममा

बिनाले कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास, सम्बद्धि र रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताइन । वामपन्थी सरकारले यस क्षेत्रको बेरोजगारी र गरिबी अन्त्यका लागि काम गर्ने उनले बताइन । वर्षौदेखि राष्ट्रिय निकुञ्जबाट पीडित किसान, लालपूर्जा समस्या, सडकलाई व्यवस्थित गर्ने योजना आफूसँग रहेको उनले बताइन ।

‘यस क्षेत्रका ठूला सडक पाँच वर्षभित्रै हिलो र धुलोमुक्त गर्छु, ‘उनले भनिन्, ‘ठूलो सडक कालोपत्रे साना सडकको स्तरोन्नती गर्छु ।’ यस क्षेत्रमा अभावै अभाव रहेको बताउँदै यस पटक जनताले आफूलाई विजयी गराए दक्षिणी क्षेत्रको दीगो विकास गर्ने घोषणा समेत गरिन् ।

 

जितेर गएमात्रै यहाँको विकासका लागि सिहदरबारसँग लड्न सकिने उनले बताइन् । दक्षिणी क्षेत्रका महिलाको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउने हरेक कार्यक्रम ल्याउने उनले बाचा गर्र्दै सीमा क्षेत्रको सुरक्षाका लागि पहल गरेर मातृभूमि रक्षा गर्नुपर्ने बताइन ।

याे पनि पढ्नुस  मन्त्री बिना मगरलाई बेलौरीमा २१ बुँदे मागसहित २१ किलोको माला, हेर्नुस् तस्वीरमा

कृषिमा आधुनिकीकरण, उत्पादनको बजारीकण गरेर दक्षिणी क्षेत्रको अर्थतन्त्र बलियो हुने बताउदै दक्षिणी क्षेत्रको स्वास्थ्य, शैक्षिक, आर्थिक, लगायतका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन ।

अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीको पुर्नवासमा गत साता सम्पन्न भएको भेलाले कञ्चनपुरकी छोरी बिनालाई जिताएर सम्पूर्ण महिलाको अधिकार र जिल्लाबाट महिलालाई जिताएर कञ्चनपुरको इतिहास राख्न समेत उद्घोष गरेका थिए ।

बिना जिताउँने अभियानमा दुवै संगठनका महिला निर्वाचन क्षेत्रभरी अभियान चलाएका छन् । छोरीको सम्मान मुख र कागजका पानामा भनेर–लेखेर हुँदैन्, व्यवहारिक रुपमै महिलालाई नेतृत्वमा पु¥याउन बिनालाई संसदमा पु¥याउनु पर्ने उनीहरुको निष्कर्ष थियो ।

निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक एव माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापा ‘पातल’ ले वामको पक्षमा जनलहर बढ्दै गएकाले वाम गठबन्धन झन झन बलियो बन्दै गएको बताए ।

याे पनि पढ्नुस  अन्तिम चुनावी सभामा ओलीले गरे प्रचण्डको उच्च प्रशंसा

वाम गठबन्धनका उम्मेदवार जिताउँन कांग्रेस, राप्रपा जनमोर्चालगायतका पार्टीबाट नेता कार्यकर्ता दैनिक सयौंले वाम गठबन्धनमा प्रवेश गरेको बताए । उनका अनुसार, हरेक कोण सभा र कार्यक्रममा विभिन्न पार्टी परित्याग र स्वतन्त्र युवाहरु वाममा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए ।

दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएकी बिनाले चुनाव हार्दा पनि कञ्चनपुर दक्षिणी क्षेत्रको विकासमा भूमिका निर्वाह गरेको भन्दै जनताले बिना र वाम गठबन्धनका उम्मेदवारलाई राम्रो साथ दिएको थापाको भनाई छ । बिना सहभागी हुने हरेक कार्यक्रममा दक्षिणी क्षेत्रका महिलाले राम्रो साथ दिएका छन् ।

कमेन्ट गर्नुहोस्