Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चीनले गर्याे प्रचण्डकाे उच्च प्रशंसा

एक कुसल एवं गहन बिषय उठाउन सक्ने नेताका रुपमा चित्रण

काठमाडौं, मंसिर १४ । चिनियाँ कम्पुनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)काे उच्च प्रशंसा गरेकाे छ ।

चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्र्रियामा चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक कुसल एवं गहन बिषय उठाउन सक्ने नेता भएको बताए ।

उनले नेपाली माओवादीप्रति चीन सकारात्मक रहेको बताएका हुन् । विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ ।

हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए । नेपालले समाजवादी क्रन्तिमा सफलता हात पार्नुपर्नेमा उनको जोड छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: