Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कैलालीको लम्कीमा वाम उम्मेदवारको निजी गाडीमा आगजनी

धनगढी, मंसिर १४।  कैलालीको २ नम्बर निर्वाचन क्षेत्रको १ नम्बर प्रदेशसभा क्षेत्रका उम्मेदवार रतन थापाको निजी जीपमा गएराति आजगनी गरिएको छ ।

बिहान पौने ४ बजेतिर बा१६च ६८९९ नम्बरको निजी जीपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।

‘आगजनीबाट जीपको अगाडिको भाग जलेको छ,’ एसपी घिमिरेले भने, ‘आगजनी कसले गर्यो भन्ने थाहा हुन सकेको छैन ।’ आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले बताए । लम्कीचुहा नगरपालिका–१ स्थित उम्मेदवार थापाको घरनजिकै छाप्रो बनाएर जीप राखिएको अवस्थामा आगजनी गरिएको हो ।

‘जीप जलेपछि मात्रै घरका मान्छेले थाहा पाएछन्,’ एसपी घिमिरेले भने, ‘जलेपछि, टायर पड्केपछि थाहा पाएको बताएका छन् ।

’ चुनावी प्रचारप्रसारमा हिँड्ने जीप र गाडीलाई ईलाका प्रहरी कार्यालयमा राख्ने गरिएको भएपनि उम्मेदवार थापाले निजी गाडीलाई घरमै राख्ने गरेको एसपी घिमिरेले बताए । ‘उम्मेदवारको प्रचारमा हिँड्ने सवारीसाधन इप्रकामै राख्न लगाइएका छन्,’ घिमिरेले भने ।

थापा एमाले पार्टीबाट वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: