दुर्घटनामा कार चालकको मृत्यु

भक्तपुर, मंसिर १४ । आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  ६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  राजविराजमा करेन्ट लागेर एक जनाको मृत्यु

कमेन्ट गर्नुहोस्