Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्थानीय विकास मन्त्रालयद्वारा स्थानीय तहको वेबसाइट, मोबाइल एप्स र ब्लगको शुभारम्भ

इभा राजवाहक

काठमाडौं, मंसिर १४ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय सरकारहरुको वेबसाइट, Mobile Apps, Local Level Details Knowledge Management Blog को शुभारम्भ गरेकाे छ ।

मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्राबिधिक सहयोगमा निर्माण भएका ७५३ वटै स्थानीय सरकारहरुको वेबसाइट, : Mobile Apps, Local Level Details, Knowledge Management Blog काे बिहीबार एक कार्यक्रम गरी सेवाकाे सुरुवात गरेकाे हाे । कार्यक्रममा विषयगत मन्त्रालयका प्रतिनिधिहरु, मन्त्रालयका सहसचिबहरु, विभागका महानिर्देशकहरु र विभिन्न संचार माध्यमका संचारकर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा यस मन्त्रालयका सहसचिब पुरुषोतम नेपालले सहभागीहरुलाई स्वागत गर्ने र कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्ने कार्य गर्नुको साथै सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय शासनलाई स्थापित गराउन हाल ७५३ वटै स्थानीय तहहरुमा अनलाइन पहुँच, आवश्यक सूचनाको प्राप्ति र उपयोगका लागि निम्न माथि उल्लेखित कार्यहरु सपन्न भएको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: