कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान

भारत, मङसिर १५ । भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ ।

लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो ।

तर बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा यहाँका सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ ।

याे पनि पढ्नुस  इमरान खानको एउटा ट्विटले भारतमा सनसनी, दुबै देशका सेनाबीच वाकयुद्ध

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो ।

गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए । अर्ध सैन्यबल र ती आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  आइरन चक्की खाएपछि २४७ छात्र अस्पताल भर्ना, एकको मृत्यु

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि उक्त आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो ।

भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउँदै आएको छ ।

याे पनि पढ्नुस  भारतीय सुन्दरी मानुषी छिल्लरलाई मिस वल्र्डको ताज

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सयभन्दा बढी घाइते भएका थिए । त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ ।

बिहीबारको सो गोली हानाहानबाट भएको क्षतिको बारेमा भने केही समाचार आएको छैन ।

कमेन्ट गर्नुहोस्