हाइस्कूलसम्म पढेको र पढाएको स्कूलमा प्रचण्ड पुग्दा, भिडियाेसहित

शिवनगर(चितवन), मंसिर १४ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज आफूले पढेको र पछि पढाएको शिवनगरस्थित नारायणी उच्च माध्यामिक विद्यालयमा पुगेका छन । प्रचण्डलाई विद्यालयमा भव्य स्वागत गरिएको छ ।

विद्यालय पुगेर प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले भने, ‘राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा मैले खेलेको भूमिकाका लागि स्कूलले सिकाएको संस्कार र नैतिकता, गुरुहरूको आशीर्वादका कारण सम्भव भएको हो।’
प्रचण्डले स्कुले जीवनका सहपाठीसँग भेट हुँदा बिगतका स्मरणले आफूलाई घर्ने गरेको स्मरण गरे । आफू दुईदुई पटक देशको कार्यकारी पदमा पुगें पनि स्कुले जीवनको सम्झनाले रोमाञ्चित बनाउने गरेको उनले बताए ।
नेपालका ८० प्रतिशत भन्दा धेरै वालबालिका सामुदायिक स्कुलमा अध्ययन गर्ने बताउदै राज्यले सामुदायिक विद्यालयका लागि ठूलो लगानी गरेको भएपनि सोचे अनुसारको गुणस्तर नभएका प्रचण्डले बताए । देशलाई समुन्नत र सम्बृद्ध बनाउन सामुदायिक विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने उनले बताए ।
चितवनबाट निर्वाचित भई देशको नेतृत्व लिई जनताको विकास र सम्बृद्धिको चाहाना पूरा गर्न चितवनबाट उम्मेदवार बनेको प्रचण्डले बताए । विकास र समृद्दीको चाहना बोकेर चितवनमा चुनाव लडन आएको उनको भनाइ छ ।
https://www.facebook.com/prachandafornepal/videos/1862020424088578/

 

कमेन्ट गर्नुहोस्