Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

त्रिशुलीमा बस खस्दा ८ महिने शिशु बाँच्न सफल, आमा अझै बेपत्ता

भरतपुर, मंसिर १४ । बुधबार बिहान ५ः४० बजे काठमाडौंबाट अर्घखाँचीका लागि छुटेको लु.२.ख २९१ नम्बरको बस बेलुकी ५ बजे गन्तव्यमा पुग्नुपथ्र्यो । तर बिहान झण्डै साढे ९ बज्न लाग्दा चितवनको ईच्छा कामना गाउँपालीका–३, फिस्लिङमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकले ठक्कर दिएपछि त्रिशुलीमा खस्यो ।

बसमा सवार ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए । दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् ।

शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पुर्‍याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।

‘त्रिशुलीमा खसेको बसबाट उछिटिएर शिशु नदीको किनारमा लडिरहेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरेका हुन्,’ एसपी थापाले भने, ‘बच्चाको आमा बेपत्ता छिन्, उनको खोजी भइरहेको छ ।’

भयानक दुर्घटनामा परेर पनि नवजात शिशु बाँचेको घटनाले अस्पतालका स्वास्थ्यकमीलाई समेत आश्चर्य चकित पारेको छ ।

शिशुका बाबु साउदी अरबमा रहेको बताइएको छ । शिशुका आफन्त सोभित समालले बस दुर्घटनामा शिशु बाँचेको बुधबार राति मात्र थाहा पाएको बताए । ‘बच्चाको अवस्था ठिक छ,’ उनले भने, ‘अहिले आईसियू कक्षमा उपचार जारी छ ।’ बच्चाको रेखदेख गर्न ठुलोबुवा र ठुलीआमा समेत अस्पताल आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: